१११ दिनपछि अष्ट्रेलियाको दोस्रो ठूलो शहर मेलबोर्नमा लकडाउन अन्त्य

भक्तपुर न्यूज

१३ कार्तिक २०७७ ३:४१

१११ दिनपछि अष्ट्रेलियाको दोस्रो ठूलो शहर मेलबोर्नमा लकडाउन अन्त्य

काठमाडौँ । अष्ट्रेलियाको दोस्रो ठूलो शहर मेलबोर्नमा कोरोनाभाइरसको महामारीका कारण लगाइएको लकडाउन १११ दिनपछि अन्त्य गरिएको छ ।

लकडाउन खुल्ला गरेपछि स्थानीय बासिन्दालाई सहज भएको छ । भिक्टोरिया राज्य सरकारले लकडाउन अन्त्य गर्ने घोषणा गरेसँगै व्यापारिक प्रतिष्ठानहरु खुल्ला भएका छन् ।

लकडाउन खुल्ला गरिए पनि सडकमा भिडभाड नगर्न, मास्क नलगाइ नहिँड्न भनिएको छ । त्यसैगरी घरदेखि २५ किलोमिटर टाढा हिँड्न पनि नपाइने व्यवस्था गरिएको छ ।

सरकारी अधिकारीहरुले सकेसम्म घरबाटै काम गर्ने वातावरण बनाउन पनि सबैलाई आह्वान गरेका छन् । एजेन्सी

प्रकाशित मितिः २०७७ कार्तिक १३ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *