फ्रान्समा फेरि एक महिनाको देशव्यापी लकडाउनको घोषणा

भक्तपुर न्यूज

१३ कार्तिक २०७७ ३:११

फ्रान्समा फेरि एक महिनाको देशव्यापी लकडाउनको घोषणा

काठमाडौँ । कोरोना भाइरसको महामारी बढेपछि फ्रान्समा फेरि एक महिनाको देशव्यापी लकडाउनको घोषणा गरिएको छ । कोरोनाको दोस्रो लहर शुरु भएको भन्दै फ्रेन्च राष्ट्रपति इमानुएल म्याक्रोनले देशव्यापी लकडाउनको घोषणा गरेका छन् ।

कोरोनाको दोस्रो लहर झन् खतरनाक हुने भन्दै म्याक्रोनले अत्यावश्यक बाहेक सबैले घरबाटै काम गर्न आह्वान गरेका छन् । शुक्रबारदेखि सुरू हुने लकडाउन नोभेम्बर अन्त्यसम्म जारी रहनेछ । लकडाउन भए पनि विद्यालय र अत्याव्शयक उद्योग भने खुल्न दिइने भएको छ ।

अत्यावश्यक नठानिएका उद्योग, रेस्टुरेन्ट र बार भने बन्द हुने छन् । फ्रान्समा पछिल्लो २४ घण्टामा थप ३६ हजार ४३७ जनामा कोरोना पुष्टि भएको छ । एजेन्सी

प्रकाशित मितिः २०७७ कार्तिक १३ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *