अमेरिकामा संक्रमणले मृत्यु हुनेको संख्या २ लाख ३३ हजार नाघे
काठमाडौँ । अमेरिकामा पछिल्लो २४ घण्टामा थप ८० हजार २५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
योसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ९१ लाख १८ हजार ५४७ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ५९ लाख २१ हजार ९१४ जना संक्रमणमुक्त भएका छन् ।
उपचार गराइरहेका २९ लाख ६३ हजार ५११ जनामध्ये १६ हजार ८५२ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।
यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख ३३ हजार नाघेको छ ।
तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा थप १०३९ जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या २ लाख ३३ हजार १२२ पुगेको छ ।
प्रकाशित मितिः २०७७ कार्तिक १३ बिहिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३२ असार २०८२ ६:५५
भक्तपुर मालपोतका प्रमुख साढे २४ लाख घुससहित पक्राउ
३२ असार २०८२ ७:४१
फुटबलर लामिन यामलमाथि अनुसन्धान हुने
३१ असार २०८२ १२:१२
मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनको तयारी : प्रधानमन्त्री
३२ असार २०८२ ७:२०
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो
३२ असार २०८२ ७:१५