भारतमा संक्रमितको संख्या ८० लाख ३८ हजार ७६५ पुगे

भक्तपुर न्यूज

१३ कार्तिक २०७७ ३:०६

भारतमा  संक्रमितको संख्या ८० लाख ३८ हजार ७६५ पुगे

काठमाडौँ । भारतमा पछिल्लो २४ घण्टामा थप ४९ हजार ९१२ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ८० लाख ३८ हजार ७६५ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ७३ लाख १४ हजार ९५१ जना संक्रमणमुक्त भएका छन् । ६ लाख ३ हजार २५१ जनाको उपचार भइरहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा भारतमा थप ५०९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ लाख २० हजार ५६३ पुगेको छ ।

प्रकाशित मितिः २०७७ कार्तिक १३ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *