अरिङ्गालको टोकाइबाट एकै परिवारका दुई बालिकाको मृत्यु

भक्तपुर न्यूज

१२ कार्तिक २०७७ १३:१५

अरिङ्गालको टोकाइबाट एकै परिवारका दुई बालिकाको  मृत्यु

डोटी । सायल गाउँपालिका–१ छपालीमा अरिङ्गालको टोकाइबाट एकै परिवारका दुई बालिकको मृत्यु भएको छ ।

घर नजिकैको रुखमा बसेको अरिङगालले टोकेर सोही वडाका भिमबहादुर रोकायाकी छोरी पाँच वर्षीया मनिषा र तीन वर्षीया सृजना रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

अरिङगालले टोकेर गम्भीर घाइते भएका दुबै बालिकालाई उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको स्थानीयवासी प्रेमबहादुर नेपालीले जानकारी दिए ।

प्रकाशित मितिः २०७७ कार्तिक १२ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *