नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९५४ मा संक्रमण पुष्टि
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ जना पुगेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ७५८ जना महिला र १ हजार १९६ जना पुरुष गरी कूल १ हजार ९५४ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
कोरोना भाइरस ९कोभिड–१९० का कारणबाट पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८८७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ८ हजार २४८ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म आर टी र पी सी आर परीक्षण गर्नेको संख्या १४ लाख ९ हजार २९५ पुगेको छ ।
मन्त्रालयका अनुसार क्वारेन्टाइनमा २ हजार ८८९ जना र सक्रिय संक्रमित ३९ हजार ६४३ जना रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको कुल संख्या १ लाख २१ हजार ८२४ पुगेको छ ।
प्रकाशित मितिः २०७७ कार्तिक १२ बुधबार