कारको ठक्करबाट एक वृद्धको घटनास्थलमै मृत्यु
राजविराज। पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको बरमझियामा आज बिहान कारको ठक्करबाट एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा सप्तरीको कंचनरुप नगरपालिका-२ बरमझिया निवासी ७५ वर्षीय तिलक सुरेत रहेको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले बताए।
पूर्वबाट पश्चिम जाँदै गरेको बा। १८ च ७७३४ नम्बरको कारले बाटो काट्ने क्रममा वृद्धलाई ठक्कर दिएको थियो। ठक्कर दिएर भागेको कारलाई चालकसहित प्रहरी चौकी मोहलीले नियन्त्रणमा लिएको छ।
प्रकाशित मितिः २०७७ कार्तिक १२ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:००
२५० मेगावाट विद्युत उत्पादन बन्द भएपनि लोड सेडिङ नहुने
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४