धारिलो हतियार प्रहार गरी एकको हत्या, एक घाइते

भक्तपुर न्यूज

१२ कार्तिक २०७७ ३:५९

धारिलो हतियार प्रहार गरी एकको हत्या, एक घाइते

अछाम । अछामको ढकारी गाउँपालिका–३ गढीहाले बजार नजीकै धारिलो हतियार प्रहार गरी एकको हत्या गरिएको छ भने, अर्का एक जना घाइते भएकाा छन् ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार २० वर्षीय देवेन्द्र थापाको हत्या गरिएको हो भने सोही ठाउँका अर्का १६ वर्षीय रुद्र थापा घाइते भएका छन्।

हत्यामा संलग्न भएको आशंकामा अछाम प्रहरीले ढकारी गाउँपालिकाकै नरेन्द्रबहादुर बुढालाई पक्राउ गरिएको जनाएको छ। देवेन्द्रको शव तथा उनीसँगै रुद्र गम्भीरावस्थामा फेला परेका थप उपचारका लागि कोहलपुर पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मितिः २०७७ कार्तिक १२ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *