फिफा अध्यक्ष इन्फान्टिनोलाई कोरोना संक्रमण
काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोलाई कोरोना भाईरसको संक्रमण भएको छ । फिफाले मंगलबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष इन्फान्टिनोलाई कोरोना भाईरसको संक्रमण भएको जनाएको छ ।
५० वर्षीय इन्फान्टिनोलाई कोरोनाको सामान्य लक्षणहरु देखिएको र सेल्फ आइसोलेसनमा रहेको फिफाले जनाएको छ । ‘अध्यक्षलाई सामान्य लक्षण देखिएकाले सेल्फ आईसोलेसनमा बसेका उनी कम्तिमा १० दिन क्वारेन्टिनमा रहने छन्,’ फिफाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
फिफाले अध्यक्ष इन्फान्टिनोको स्वास्थ्यलाभको कामना पनि गरेको छ । एजेन्सी
प्रकाशित मितिः २०७७ कार्तिक १२ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:०४
युरो कप फुटबल : स्विडेन र जर्मनी दोस्रो चरणमा
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:००