यस वर्ष नेकपाले चियापान कार्यक्रम नगर्ने
काठमाडौं। सत्तारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टी नेकपाले बडादशैं, तिहार, नेपाल संवत् ११४१, छठलगायत चाडपर्वका अवसरमा आयोजना गर्दै आएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम यस वर्ष नगर्ने भएको छ ।
नेकपाका केन्द्रीय कार्यालयका सचिवद्वय ईश्वरी रिजाल र श्रीराम ढकालले आज विज्ञप्ति जारी गरी कोभिड –१९ महामारीका कारण यस वर्ष उक्त कार्यक्रम स्थगन गरिएको जानकारी दिएका छन् ।
नेकपाले यस वर्षको चियापानको मिति भने तोकेको थिएन । यसअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन गर्दै आएको चियापान कार्यक्रम यस वर्ष नगर्ने जानकारी गराएको थियो ।
प्रकाशित मितिः २०७७ कार्तिक ११ मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:००
२५० मेगावाट विद्युत उत्पादन बन्द भएपनि लोड सेडिङ नहुने
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४