कोरोनको कहरमा भक्तपुरको सेतो घोडा सहितको खड्ग जात्रा सम्पन्न
भक्तपुर। भक्तपुरको तलेजु मन्दिरमा हरेक बर्ष बडा दशैका समयमा हुने पायो न्हयाकीगु जात्रा अर्थात सेतो घोडा सहितको खड्ग जात्रा सम्पन्न गरिएको छ ।
हरेक वर्ष विजयादशमीको मध्यराति तलेजुबाट सुरु भई नगरका विभिन्न क्षेत्र परिक्रम गरि मनाइने सेतो घोडासहितको खड्ग जात्रा यसपालि विजयादशमीको दिउँसै समापन गरेको तलेजुका पुजार सिद्धिविर कर्माचार्यले जानकारी दिए ।
दशैको राती नवर्दुर्गा भवानीलाई तलेजु दर्शन गाराउने प्रचलन रहेको र पायो न्हाँकेगु जात्रा भनेर प्रत्येक बर्ष तलेजुु भावानी मन्दिर वाहिर आउने र नवदुर्गालाई दर्शन दिने प्रचलन रहेता पनि यो बर्ष भने अलि फरक कर्मचार्यले जानकारी दिए ।
कर्माचार्यका अनुसार भिडभाड कर्म गर्न यो बर्ष तलेजु भवानी सुन ढोकावाट बाहिरिनु भएन, नवदुर्गा देवी पालैपालो सुनढोका भित्र रहनुभएका तलेजु भावानीलाई दर्शन गरेर यो बर्षको जात्रा समापन गर्यौ ।ूयस बर्ष तलेजुको वहान सेतो घोडा पनि निकालियन ।
यो बर्ष द्यो थाहा विज्यागु र क्वह विज्यागु भनेर केहि नभएको मात्रै विधिपुर्वक परम्परा धानेको पुजारी कर्माचार्यको भनाई छ । भक्तपुर नगरपालिका–१० क्वाठर्डौँस्थित कुमारी घरमा विगतका वर्षमा कुमारीको हातबाट टीका ग्रहण गर्नेको घुईचो लाग्ने गरेता पनि यस वर्ष भने कोरानाका कारण कुमारीको हातबाट टीका लगाउन रोक लगाइएको छ
कोरोना भाइरस सङ्क्रमणका कारण यस वर्ष जीवित देवी एकान्त कुमारी यात्रा समेत रोकिएको छ । कुमारी यात्रा रोकिए पछि भक्तपुर तलेजुका रकमी, पुजारीहरु बाजागाजाबिना नै क्वाठडौंँस्थित एकान्त कुमारीको द्योछेंमा पुगेर पूजा गरेका छन् ।
प्रकाशित मितिः २०७७ कार्तिक ११ मंगलबार