बुटवलस्थित कोरोना विशेष अस्पतालमा दुई संक्रमितको मृत्यु

भक्तपुर न्यूज

११ कार्तिक २०७७ ५:५९

बुटवलस्थित कोरोना विशेष अस्पतालमा दुई संक्रमितको मृत्यु

बुटवल । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत थप दुई संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रूपन्देहीको तिलोत्तमाका महिला र बुटवलका पुरुष छन् ।

तिलोत्तमा ११ की ५० वर्षीया महिलाको सोमबार राति ८:१७ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा। विष्णु गौतमले बताए । कात्तिक १० गते स्वास्थ्यमा समस्या आएर पीसीआर परीक्षण गराउँदा उनमा कोरोना पोजेटिभ देखिएपछि उपचारका लागि भर्ना गरिएको थियो ।

यस्तै बुटवल १३ का ५२ वर्षीय पुरुषको पनि आज बिहान ६ बजे मृत्यु भएको डा गौतमले जानकारी दिए । श्वासप्रश्वासको समस्या रहेका ती पुरूषमा कार्तिक ७ गते कोरोना पोजेटिभ पुष्टि भएको थियो ।

प्रकाशित मितिः २०७७ कार्तिक ११ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *