भारतमा संक्रमितको संख्या ७९ लाख ४५ हजार ८८८ पुगे

भक्तपुर न्यूज

११ कार्तिक २०७७ २:१८

भारतमा संक्रमितको संख्या ७९ लाख ४५ हजार ८८८ पुगे

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा थप ३६ हजार ८३८ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ७९ लाख ४५ हजार ८८८ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ७१ लाख ९८ हजार ७१५ जना संक्रमणमुक्त भएका छन् । ६ लाख २७ हजार ६३८ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख १९ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा भारतमा थप ५०५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ लाख १९ हजार ५३५ पुगेको छ ।

प्रकाशित मितिः २०७७ कार्तिक ११ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *