दशैको दिनमा भक्तपुरमा ७६ सहित उपत्यकामा ८९५ कोरोना संक्रमित थपिए

भक्तपुर न्यूज

१० कार्तिक २०७७ १३:२६

दशैको दिनमा भक्तपुरमा ७६ सहित उपत्यकामा ८९५ कोरोना संक्रमित थपिए

काठमाडौं। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८९५ कोरोना संक्रमित थपिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६७३, ललितपुरमा १४६ र भक्तपुरमा ७६ जना कोरोना संक्रमित भेटिएका छन् ।

हाल काठमाडौं जिल्लामा सक्रिय संक्रमित १८ हजार ३७४, ललितपुरमा २५२० र भक्तपुरमा १५२० जना रहेका छन् । काठमाडौंमा १०५०१ जना, ललितपुरमा २४९५ जना र भक्तपुरमा १७१९ जना होम क्वारेन्टिनमा बसेका छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा थप १७४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मितिः २०७७ कार्तिक ०९ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *