नेपालमा पछिल्लो २४ घण्टामा थपिए १७४१ कोरोना संक्रमित

भक्तपुर न्यूज

१० कार्तिक २०७७ १३:०३

नेपालमा पछिल्लो २४ घण्टामा थपिए १७४१ कोरोना संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या १ लाख ५९ हजार ८३० जना पुगेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ६७७ जना महिला र १ हजार ६४ जना पुरुष गरी कूल १ हजार ७४१ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

कोरोना भाइरस कोभिड–१९ का कारणबाट पछिल्लो २४ घण्टामा थप १५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८६२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार ६ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म आर टी र पी सी आर परीक्षण गर्नेको संख्या १३ लाख ९८ हजार १७९ पुगेको छ ।

मन्त्रालयका अनुसार क्वारेन्टाइनमा २ हजार ९६९ जना र सक्रिय संक्रमित ४३ हजार २९३ जना रहेका छन् ।

हालसम्म डिस्चार्ज हुनेको कुल संख्या १ लाख १५ हजार ६७५ पुगेको छ ।

प्रकाशित मितिः २०७७ कार्तिक ०९ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *