दाजुभाइले एकअर्का विरुद्ध गरे गोल

भक्तपुर न्यूज

१० कार्तिक २०७७ २:२४

दाजुभाइले एकअर्का विरुद्ध गरे गोल

काठमाडौं । दाजुभाइले आ-आफ्नो टिमका लागि गोल गरे तर जित दाइको टिमको भयो । इटालियन सिरी ए फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा नापोलीले बेनेवेन्तोलाई २-१ ले पराजित गर्यो ।

३० औँ मिनेटमा रोबर्टो इनसिग्नले गोल गरी घरेलु टोली बेनेवेन्तोलाई सुरुवाति अग्रता दिलाए । २६ वर्षका भाइले गरेको सो गोलका कारण पछि परेको आफ्नो टिमका लागि २९ वर्षका लोरेन्जो इनसिग्नले ६० औँ मिनेटमा गोल गरे ।

६७ औँ मिनेटमा आन्द्रेया पेताग्नाले गोल गरी नापोलीलाई जित दिलाए । दुवै गोलका लागि पोलितानोले सहयोग गरेका थिए ।

रोबर्टो २०१९ मा नापोली छोडेर बेनेवेन्तो गएका थिए । खेलपछि लोरेन्जोले यो खेल आफ्नो परिवारका लागि विशेष गरेको बताए । भाइलाई गोलका लागि बधाई दिएको र उसले पनि बधाई दिएको लोरेन्जोले बताए ।

जितपछि पाँच खेलबाट ११ अंक जोडेको नापोली दोस्रो स्थानमा उक्लिएको छ । एजेन्सी

प्रकाशित मितिः २०७७ कार्तिक ०९ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *