भक्तपुरमा आफ्नै सााथीहरुले गरे हत्या, छेदविछेद अवस्थामा शब फेला

भक्तपुर न्यूज

९ कार्तिक २०७७ १५:३२

भक्तपुरमा आफ्नै सााथीहरुले गरे हत्या, छेदविछेद अवस्थामा शब फेला

भक्तपुर । भक्तपुर नगरपालिका–२ स्थित ईटापाकोमा दुवाल मेटल कारखानामा पित्तलको भाडा बनाउने भारत उत्तर प्रदेशका ३५ वर्षीय शाहिव हुसैनको उनी सँगै काम गर्ने साथीहरुले हत्या गरेका छन् ।

उनको हत्या गरि नरकटको झारीमा फालिएको र टाउको छेदविछेद भएको अवस्थामा प्रहरीले आज नरकटको झाडीमा शब फेला पारेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

हिजो साँझ सबै बसेर मादक पर्दाथ सेवन गरेका उनीहरुबीच केटीको विषयलाई लिएर विवाद हुँदा हुसैनलाई ढुंगाले अनुहार र टाउकोमा हिर्काएर हत्या गरेको परिसरका सुचना अधिकृत प्रहरी नायब उपरीक्षक डिएसपी दिपक गिरीले जानकारी दिए ।

उनको हत्या गरेको अभियोगमा उनीसँगै कारखानामा काम गर्ने उनकै साथीहरु २३ वर्षीय सलमान खान र १९ बर्षीय सानु अन्सरीलाई पक्राउ गरिएको डिएसपी गिरीले बताए ।

हुसैनको हत्याको आंशकामा प्रहरीले उनका साथीहरुको कोठामा खानतलासी गर्दा रगत लागेको लुगा र जुत्ता फेला पारेका छन् । हुसैनको हत्याको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

प्रकाशित मितिः २०७७ कार्तिक ०८ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *