भक्तपुरमा इतिहासमै पहिलो पटक खँम्ये जात्रा बिहानै सम्पन्न

भक्तपुर न्यूज

९ कार्तिक २०७७ ६:०७

भक्तपुरमा इतिहासमै पहिलो पटक खँम्ये जात्रा बिहानै सम्पन्न

भक्तपुर । दशैंको नवमी तिथिको साँझ नगदुर्गा द्योछेंवाट दौडाउने भक्तपुरको खँ म्ये अर्थत राँगोलाई कोरोना माहामारीका कारण यस बर्ष भने विहान पाँच बजे दौडाएर जात्रा सम्पन्न गरेको छ ।

कोरोना जोखिमका बिच जात्रा गर्नुपर्ने वाध्यता भएपछि यस बर्ष साँझ दौडाउनुपर्ने खँ म्येलाई स्थानियहरुको सभागिता नहोस भनेर विहान सवेरै दौडाएको भक्तपुर नपाका ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले बताए ।

उनका अनुसार भक्तपुर नगरपालिकामा पटक पटक सरोकारवालासँग छलफल गरि निर्णय गरि बिहानै जात्रा गरीएको हो ।

भक्तपुर नगरपालिकाले यस बर्ष कोरोना माहामारीका कारण दशैंलाई औपचारीकातामा मात्रै मान्न आग्रह गर्दै आएको बताउँदै उनले भने यस बर्ष तलेजु लगाएत शक्ती पीठहरुमा बलि नदिने निर्णय गरको बताए । तर ख् म्ये लाई गाठामग चर्हेको केहि दिन पछि भक्तजनहरुले चढाएको र नवदुर्गा देवगणले पनि बलि नदिई नहुने बाध्यताका कारण पनि जात्रा व्यवस्थित गर्न विहानै जात्रा गरेर खँ म्येलाई ब्रम्हायनी मन्दिर पुर्याएको उनले बताए ।

जात्रा व्यवस्थित गर्न प्रहरी प्रशासन लगाएत जनप्रतिनिधिको सहभागितामा ५० जना स्वयम सेवक परिचालन गरेर खँ म्ये जाँड र रक्सी नखुवाई पहिलो पटक नवमीको विहान सवेरै ५ बजे दौडाएर जात्रा सम्पन्न गरेको हो । दौडाउन अगाडी खँ म्येलाई एक पाथी रक्सी ख्याइने गरिन्थ्यो । मातेको राँगोलाई मानब भिड माझ कुदाइन्थ्यो । तर यसपाली भने त्यस्तो नगरिएको उनले बताए ।

पहिलो दिनभर हुने पुजालाई रातभर विधिपुर्वक पुजा सम्पन्न गरि हुलमुल नहुने गरि व्यवस्थित रुपमा स्वयम सेवकलाई माक्स , पन्जा र भ्वाइजर वितरण गरि खँ म्ये दौडाउने जात्रा गरेको ज्याख्वले बताए । जात्रा व्यवस्थित गरेको भएपनि जात्रामा भिडभाड हुने गरि स्थानियहरु सहभागि थियो ।

महिसाशुर दैत्यको प्रतिकको रुपमा खँ म्येलाई भक्तपुरको गछें स्थित नवदुर्गा देवीको देवगृहवाट सकोलान, दत्तात्रय, सुर्यमढी, च्याम्हसिंह हुदैं ब्रम्हायनी मन्दिर पुर्याएका थिए । यसरि ब्रम्हायनी मन्दिर पुर्याएका खँ म्येलाई आज राती नवदुगा देवगणले वध गर्ने प्रचलन छ ।

प्रकाशित मितिः २०७७ कार्तिक ०८ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *