नेकपा नेता जनार्दन शर्मालाई काेराेना संक्रमण

भक्तपुर न्यूज

९ कार्तिक २०७७ ३:१३

नेकपा नेता जनार्दन शर्मालाई काेराेना संक्रमण

काठमाडौं। नेकपाका नेता जनार्दन शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ। कोभिड-१९ परीक्षण रिपोर्ट पोजिटिभ आएको फेसबुकमार्फत् उनले जानकारी गराएका हुन्।

उनले लेखेका छन्, “कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको जानकारी गराउँदछु। केही दिन यता म सँग सम्पर्कमा आउनु भएका महानुभावहरूलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु।”

प्रकाशित मितिः २०७७ कार्तिक ०८ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *