काबुलमा आत्मघाती बम बिस्फोट, १८ जनाको मृत्यु

भक्तपुर न्यूज

९ कार्तिक २०७७ ३:००

काबुलमा आत्मघाती बम बिस्फोट, १८ जनाको मृत्यु

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलस्थित एक अध्ययन केन्द्र नजिक भएको आत्मघाती बम बिस्फोटमा १८ जनाको मृत्यु भएको छ ।

नीति शैक्षिक संस्था बाहिर भएको बिस्फोटमा अन्य दर्जनौँ मानिस घाइते भएको स्थानीय अधिकारीले बताएका छन् । शिया मुसलमानको बाहुल्यता रहेको दास्त ए बार्चीमा रहेको एजुकेशन सेन्टरमा सयौँ विद्यार्थी पढ्ने गरेका थिए ।

घटनामा घाइते भएकाहरु विद्यार्थी नै हुन सक्ने स्थानीय अधिकारीहरूले जनाएका छन् । आक्रमणको जिम्मा इस्लामिक स्टेट आइएसले लिएको बीबीसीले जनाएको छ । एजेन्स
ि
प्रकाशित मितिः २०७७ कार्तिक ०८ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *