कतै बदली र वर्षा, कतै सफा

भक्तपुर न्यूज

९ कार्तिक २०७७ २:५०

कतै बदली र वर्षा, कतै सफा

काठमाडौं । आज आइतबार देशका केही स्थानमाको मौसममा सामान्यदेखि आंशिक बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रदेश १ मा आंशिक देखि सामान्य बदली तथा प्रदेश २, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहने मौसमविदले बताएका हुन्।

मुलुकका अन्य भूभागमा भने मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ का एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।

आइतबार राति प्रदेश १ मा आंशिक देखि सामान्य बदली तथा प्रदेश २, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ ।

आइतबार राति पनि प्रदेश १ का एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। अहिले बिहान प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिक बदलीको अवस्था रहेको छ।

हाल कुनै उल्लेखनीय मौसमी प्रणाली नरहेको महाशाखाले जनाएको छ।

प्रकाशित मितिः २०७७ कार्तिक ०८ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *