नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २२५ जनामा संक्रमण पुष्टि
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या १ लाख ५५ हजार २३३ जना पुगेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा कूल २ हजार २२५ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
कोरोना भाइरस ९कोभिड–१९० का कारणबाट पछिल्लो २४ घण्टामा थप १३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८४२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १३ हजार ८४६ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म आर टी र पी सी आर परीक्षण गर्नेको संख्या १३ लाख ८० हजार ८६२ पुगेको छ ।
मन्त्रालयका अनुसार क्वारेन्टाइनमा ३ हजार ३२२ जना र सक्रिय संक्रमित ४६ हजार ५७ जना रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको कुल संख्या १ लाख ८ हजार ३३४ पुगेको छ ।
प्रकाशित मितिः २०७७ कार्तिक ०७ शनिबार