यस्तो रहनेछ शनिबारको मौसम

भक्तपुर न्यूज

८ कार्तिक २०७७ ३:१०

यस्तो रहनेछ शनिबारको मौसम

काठमाडौं । नेपालका अधिकांश क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बंगालादेश आसपासमा न्यून चापीय क्षेत्र विकास भएकाले त्यसको सामान्य प्रभाव परेको हो । हाल प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक बदली भएको छ ।

शनिबार दिउँसो प्रदेश १ मा आंशिकदेखि सामान्य बदली तथा प्रदेश २, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना छ ।

राति प्रदेश १ मा सामान्य बदली तथा बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मितिः २०७७ कार्तिक ०७ शनिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *