अमेरिकामा कोरोना संक्रमितको संख्या ८७ लाख नाघे
काठमाडौं । अमेरिकामा कोरोना संक्रमितको संख्या ८७ लाख नाघेको छ ।
शुक्रबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा ८१ हजार २१० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
योसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ८७ लाख ४६ हजार ९५३ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ५६ लाख ९८ हजार १६१ जना संक्रमणमुक्त भएका छन् ।
उपचार गराइरहेका २८ लाख १९ हजार ५०८ जनामध्ये १६ हजार ३२३ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।
यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख २९ हजार नाघेको छ ।
तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार शुक्रबार थप ९०३ जनाको मृत्यु भएसँगै अमेरिकामा मृतक संख्या २ लाख २९ हजार २८४ पुगेको छ ।
प्रकाशित मितिः २०७७ कार्तिक ०७ शनिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३