क्रिस्टलका गोलकिपरलाई कोरोना संक्रमण
काठमाडौं । मियर लिग क्लब क्रिस्टल प्यालेसका गोलकिपर ज्याक बुटल्याण्डलाई कोरोना भाईरसको संक्रमण देखिएको छ । क्रिस्टलका मुख्य प्रशिक्षक रोय होड्सनले गोलकिपर ज्याकलाई कोरोना पोजेटिभ देखिएको बताएका छन् ।
२७ वर्षीय गोलकिपर यसै समरमा क्रिस्टल आएका हुन् । समर ट्रान्सफर डेडलाइन डेको दिन स्टोक सिटीबाट १ मिलियनमा उनलाई क्रिस्टलले अनुबन्ध गरेको हो ।
क्रिस्टलले पहिलो रोजाईका गोलकिपर भिसेन्टे गुईटाको विकल्पको रुपमा उनलाई अनुबन्धित गरेको थियो । इंग्लिस गोलकिपर ज्याकले क्रिस्टलका लागि डेब्यु भने गरेका छैनन् ।
कोरोना देखिने उनी क्रिस्टलका दोस्रो खेलाडी हुन् । गत साता फरवार्ड जोर्डनलाई कोरोना पोजेटिभ देखिएको थियो । एजेन्सी
प्रकाशित मितिः २०७७ कार्तिक ०७ शनिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:०४
युरो कप फुटबल : स्विडेन र जर्मनी दोस्रो चरणमा
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:००