आउँदो वर्षको मध्यसम्मै कोरोना भाइरससँगको युद्ध जारी रहन्छः म्याक्रोँ

भक्तपुर न्यूज

८ कार्तिक २०७७ २:५१

आउँदो वर्षको मध्यसम्मै कोरोना भाइरससँगको युद्ध जारी रहन्छः म्याक्रोँ

काठमाडौं । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले आफ्नो देशले आउँदो वर्षको मध्यसम्म पनि कोरोना भाइरससँग लड्नु पर्ने बताएका छन् ।

फ्रान्समा अहिले फेरि कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढिरहेको छ । शुक्रबार एकै दिन ४० हजार भन्दा बढीमा संक्रमण पुष्टि भयो भने २९८ जनाको कोभिड–१९ का कारण निधन भयो । फ्रान्समा कोरोना संक्रमितको १० लाख ८४ हजार भन्दा धेरै रहेको छ ।

फ्रान्ससहित युरोपका रुस, पोल्याण्ड, इटाली र स्वीट्जरल्याण्डसहितका देशमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्दै गएको छ ।विश्व स्वास्थ्य संगठन डब्लुएचओले युरोपका देशमा संक्रमण बढ्दै जाँदा कोरोना भाइरसविरुद्धको युद्ध संकटपूर्ण बन्दै गएको छ ।

युरोपमा पछिल्ला १० दिनमा संक्रमण तीव्र गतिमा बढिरहेको छ । युरोपमा अहिलेसम्म संक्रमितको संख्या ७८ लाख भन्दा बढी पुगेको छ र सो क्षेत्रमा दुई लाख ४७ हजार भन्दा धेरैका ज्यान गएको छ ।

प्रकाशित मितिः २०७७ कार्तिक ०७ शनिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *