भारतीय क्रिकेट टिमका पूर्वकप्तान कपिल देव अस्पताल भर्ना

भक्तपुर न्यूज

७ कार्तिक २०७७ १०:५०

भारतीय क्रिकेट टिमका पूर्वकप्तान कपिल देव अस्पताल भर्ना

काठमाडौं। भारतीय क्रिकेट टिमका पूर्वकप्तान कपिल देव अस्पताल भर्ना भएका छन् । १९८३ को विश्वकप विजेता कप्तान कपिल देवको आकस्मिक एन्जियोप्लास्टी गरिएको बताइएको छ । चिकित्सकका अनुसार उनको स्थिति अहिले स्थिर छ ।

६१ वर्षीय कपिल देवले क्रिकेट छाडेपछि लगातार कमेन्ट्री गरिरहेका छन् । यसका अलावा कैयौं टिभी शोमा पनि उनलाई देख्न सकिन्छ ।

१९८३ को विश्वकप विजेता टिमका सदस्य मदनलालले ट्वीट गर्दै कपिल देवको डाक्टरहरुले निरन्तर निगरानी गरिरहेको बताएका छन् ।

कपिल देवले १९७८ देखि १९९४ सम्म अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए । यो अवधिमा उनले १९८३ मा भारतलाई विश्वकपको उपाधि दिलाए ।एजेन्सी

प्रकाशित मितिः २०७७ कार्तिक ०७ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *