पछिल्लो २४ घण्टामा २ हजार ६६८ जना कोरोना संक्रमित कोरोनामुक्त
काठमाडौं। पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय ६८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जानकारी दिएको छ ।
यो सँगै नेपालमा एक लाख ५ हजार ४ सय ८८ जना संक्रमित उपचारपछि निको भएका छन्। मन्त्रालयको अनुसार संक्रमणमुक्त हुनेको संखया ६८ दशमलभ ९ प्रतिशत रहेको छ।
आज मन्त्रालयका अनुसार १६ हजार ८ सय ६३ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १३ लाख ६७ हजार १६ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार ३ हजार ५ सय ९० जना क्वारेन्टाइनमा छन्। नेपालमा ४६ हजार ६ सय ९१ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।
प्रकाशित मितिः २०७७ कार्तिक ०७ शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३२ असार २०८२ ६:५५
भक्तपुर मालपोतका प्रमुख साढे २४ लाख घुससहित पक्राउ
३२ असार २०८२ ७:४१
फुटबलर लामिन यामलमाथि अनुसन्धान हुने
३१ असार २०८२ १२:१२
मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनको तयारी : प्रधानमन्त्री
३२ असार २०८२ ७:२०
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो
३२ असार २०८२ ७:१५