प्रधानमन्त्री ओलीले आज देशवासीका नाममा सम्बोधन गर्दै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शुक्रबार) देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्। आज अपरान्ह ४ बजेर २५ मिनेटमा ओलीले सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएपनि सम्बोधन हुने विषयबारे भने खुलाएनन् ।
‘सम्बोधनकै क्रममा थाहा हुन्छ। दशैंको शुभकामनाका लागि हो या अरु नै विषयमा हो भन्नेबारे,’ उनले भने। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक विवाद फेरि चुलिएका बेला ओलीले सम्बोधन गर्न लागेका हुन्।
प्रधानमन्त्रीले देशवासीको नाममा गर्ने सम्बोधन नेपाल टेलिभिजनले प्रशारण गर्ने तय भएको छ।
प्रकाशित मितिः २०७७ कार्तिक ०७ शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:०४
युरो कप फुटबल : स्विडेन र जर्मनी दोस्रो चरणमा
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:००