पोखरा घुम्न आएका भारतीय युवकको मृत्यु
पोखरा । पोखरा घुम्न आएका भारतीय युवकको गएराति मृत्यु भएको छ। भारतको आन्द्रा प्रदेश घर भएका २५ वर्षीय युवा किशोर कुमारको पोखरामा मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राजेन्द्र रेग्मीले बताए।
काठमाडौंस्थित मनमोहन मेडिकल कलेजमा अध्ययनरत् किशोर स्वयम्भूमा डेरा बस्थे।
साथीहरूसँग बिहीबार पोखरा आएका उनी बिरामी भएपछि गएराति उनका साथीहरूले पोखरास्थित चरक अस्पताल लगेका थिए। अस्पताल पुर्याउँदा उनको मृत्यु भइसकेको चिकित्सकहरूले बताएका छन्।
मृतक किशोरले नशालु पदार्थ सेवन गरेको प्रहरीले आशंका गरेको छ।
प्रकाशित मितिः २०७७ कार्तिक ०७ शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:००
२५० मेगावाट विद्युत उत्पादन बन्द भएपनि लोड सेडिङ नहुने
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४