चितवन मेडिकल कलेजमा थप दुईजना कोरोना संक्रमितको मृत्यु

भक्तपुर न्यूज

७ कार्तिक २०७७ ६:३१

चितवन मेडिकल कलेजमा थप दुईजना कोरोना संक्रमितको मृत्यु

चितवन । चितवन मेडिकल कलेजमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतक दुवैजना चितवनका हुन् ।

मृत्यु हुनेमा एकजना भरतपुर महानगरपालिका ७ का ७० वर्षीय पुरुष छन् । अस्पतालका अनुसार ती वृद्ध श्‍वासप्रश्‍वासमा समस्या भएपछि कात्तिक २ गते अस्पताल भर्ना भएका थिए । उनको कात्तिक २ गते स्वाब परीक्षण गरिएकामा सोही दिन कोरोना पुष्टि भएको थियो । उनको आज बिहान ८ बजेर ४४ मिनेट जाँदा मृत्यु भएको अस्पतालका मिडिया संयोजक हरि बोहोराले जानकारी दिए ।

यस्तै अर्की ८४ वर्षीय महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । मिडिया संयोजक बोहोराका अनुसार मृत्यु हुनेमा राप्ती नगरपालिका ५ की महिला हुन् । उनको कात्तिक ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । श्‍वासप्रश्‍वास र उच्च ज्वरोको समस्या भई ५ गते अस्पताल भर्ना भएकी उनको आज बिहान ४ बजेर १९ मिनेटमा मृत्यु भएको बोहोराले जानकारी दिए ।

प्रकाशित मितिः २०७७ कार्तिक ०७ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *