नाजिरको फिल्म ‘चिलगाडी’ को निर्माण घोषणा
काठमाडौं । फिल्म ‘चिलगाडी’ निर्माण घोषणा गरिएको छ । अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहने फिल्म फूलपातीको अवसर पारेर घोषणा गरिएको हो । सेलिब्रेटी नेपाल मिडियाको ब्यानरमा संचारकर्मी रघुनाथ सापकोटाले निर्माण गर्न लागेको फिल्मका निर्देशक जनकदीप पराजुली रहेका छन् ।
सामाजिक कथामा बन्न लागेको फिल्मको पटकथा तथा संवाद यम थापाले लेखेका हुन् । सागर प्रधानको छायाँकन रहने फिल्मका लागि नाजिर बाहेकका कलाकार भने छनौटको क्रममा छन् । आगामी फागुनबाट फ्लोरमा जाने बताइएको फिल्म २०७८ सालको दशैंमा रिलिज हुनेछ ।
प्रकाशित मितिः २०७७ कार्तिक ०७ शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३