ग्लोबल आईएमई बैंकले १६ प्रतिशत लाभांश दिने
काठमाडौं । ग्लोबल आईएमई बैंकले लाभांश प्रस्ताव गरेको छ । कात्तिक ६ गते बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ०७६र७७ को सञ्चित मुनाफा तथा जनता बैंकलाई मर्ज गर्दा आएको वार्गेन गेनबाट लगानीकर्तालाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
बैंक सञ्चालक सेयरधनीलाई कुल १६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमध्ये १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी २ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बोनस सेयर वितरणपश्चात बैंकको चुक्ता पुँजी २१ अर्ब ६३ करोड रुपैयाँ पुग्नेछ ।
बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी साधारणसभाबाट पारित भएपछि लगानीकर्तामा वितरण हुनेछ ।
प्रकाशित मितिः २०७७ कार्तिक ०७ शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:००
२५० मेगावाट विद्युत उत्पादन बन्द भएपनि लोड सेडिङ नहुने
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४