संक्रमितको उपचारमा रेम्डिसिभिर प्रयोग गर्न अमेरिकाको पूर्ण स्वीकृति
काठमाडौं । कोरोना संक्रमितको उपचारका लागि एन्टिभाइरल औषधि रेम्डिसिभिरको प्रयोगका लागि अमेरिकाले पूर्ण स्वीकृति दिएको छ ।
विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले संक्रमितको उपचारमा रेम्डिसिभिरको प्रभावकारिता कम रहेको बताइरहँदा अमेरिकाले भने सोही औषधिको प्रयोगमा पूर्ण स्वीकृति दिएको हो ।
अमेरिकाको फूड एण्ड ड्रग एड्मिनिस्ट्रेसन एफडिएले क्लिनिकल ट्रायलको क्रममा बिरामीको अस्पताल बसाई औषतमा पाँच दिनले कम गराएको पाइएपछि रेम्डिसिभिर प्रयोगमा पूर्ण स्वीकृति दिएको जनाएको बीबीसीले उल्लेख गरेको छ ।कोरोना भाइरसबाट संक्रमित भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पनि रेम्डिसिभिरसहितका औषधि दिइएको थियो । एजेन्सी
प्रकाशित मितिः २०७७ कार्तिक ०७ शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:००
२५० मेगावाट विद्युत उत्पादन बन्द भएपनि लोड सेडिङ नहुने
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४