युरोपा लिग फुटबलमा मिलानको सुखद सुरुवात

भक्तपुर न्यूज

७ कार्तिक २०७७ ३:३२

युरोपा लिग फुटबलमा मिलानको सुखद सुरुवात

काठमाडौं । इटालियन क्लब एसी मिलानले युरोपा लिग फुटबलमा विजयी सुरुवात गरेको छ । बिहीबार राति भएको समूह चरणको पहिलो खेलमा सेल्टिकलाई ३-१ गोल अन्तरले पराजित गर्दै मिलानले सुखद सुरुवात गरेको हो ।

सेल्टिक मैदानमा राडे क्रुनिकले १४ औं मिनेटमा गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए ।  खेलको ४२ औं मिनेटमा ब्राहिम डियाजले गोल गर्दै टोलीको अग्रता २-० को बनाए ।

खेलको ७६ औं मिनेटमा मोहमेद एल्यौनोसीले गोल गर्दै सेल्टिकलाई २-१ को स्थितिमा ल्याए ।  तर, ९० औं मिनेटमा जेन्स पिटर हउगेले गोल गर्दै मिलानलाई ३-१ को सहज जित दिलाए ।

जितसँगै समूह एचु को मिलानले पहिलो खेलमा ३ अंक जोडेको छ । यसै समूहको अर्को खेलमा फ्रेन्च क्लब लिलले स्पार्टा प्राग्वेलाई ४-१ ले हराएको छ । यस समूहमा लिल शीर्ष स्थानमा रहदा मिलान दोस्रो स्थानमा रहेको छ । एजेन्सी

प्रकाशित मितिः २०७७ कार्तिक ०७ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *