नापोली पराजित, रोमाको जित

भक्तपुर न्यूज

७ कार्तिक २०७७ ३:२४

नापोली पराजित, रोमाको जित

काठमाडौं । इटालियन जाइन्ट नापोली युरोपा लिग फुटबलको पहिलो खेलमा पराजित भएको छ । बिहीबार राति भएको समूह चरणको पहिलो खेलमा नापोली डच क्लब एजेट अल्कमारसँग १-० ले पराजित भएको हो । नापोली घरेलु मैदानमै डच क्लबसँग स्तब्ध भएको हो ।

पहिलो रोजाईका सहित १३ खेलाडीलाई कोरोना देखिएपछि युवा खेलाडी मैदान उतारेको अल्कमारले इटालीमा महत्वपूर्ण जित निकालेको हो ।

अल्कमारको जितमा डानी डी विटले निर्णायक गोल गरे । सेभेन्सनको पासमा उनले ५७ औं मिनेटमा निर्णायक गोल गरेका थिए ।

Image

एक दर्जन बढी खेलाडीमा कोरोना देखिएपछि डच क्लब १७ खेलाडीसहित इटालीको भ्रमणमा निस्किएको थियो ।

जितसँगै समूह एफको अल्कमारले ३ अंक जोडेको छ । र, तालिकाको दोस्रो स्थानमा रहेको छ ।

यसै समूहको अर्को खेलमा स्पेनिस क्लब रियल सोसिडाडले रिजिकालाई १-० ले हराएको छ ।

Image

युरोपा लिग अन्तर्गत नै अर्को इटालियन क्लब रोमाले पुनरागमन जित निकालेको छ ।

समूह ‘ए’ को रोमाले योङ्ग बोईलाई २-१ ले हराएको हो ।

यस्तै समूह ‘सी’ मा रहेको जर्मन क्लब बायर लेवरकुसेनले फ्रेन्च क्लब निसलाई ६-२ गोल अन्तरले हराएको छ ।

स्पेनिस क्लब भिल्ला रियलले सिभास्पोरलाई ५-३ ले हराउदा ग्रानडाले पिएसभीलाई २-१ ले हराएको छ ।

एजेन्सी

प्रकाशित मितिः २०७७ कार्तिक ०७ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *