विश्वभर संक्रमित संख्या ४ करोड १९ लाख ७४ हजार १ पुगे

भक्तपुर न्यूज

७ कार्तिक २०७७ २:५८

विश्वभर संक्रमित संख्या ४ करोड १९ लाख ७४ हजार १ पुगे

काठमाडौं । विश्वभर पछिल्लो २४ घण्टामा विश्वभर ४ लाख ७७ हजार ७५१ जनामा संक्रमण भएसँगै यो समाचार तयार पार्दासम्म संक्रमित संख्या ४ करोड १९ लाख ७४ हजार १ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २ लाख ७३ हजार ७२ जना निको भएर घर फर्किएका छन् । योसँगै संक्रमण मुक्त हुनेको संख्या ३ करोड ११ लाख ८१ हजार ८०१ पुगेको छ ।

यस्तै एकै दिन थप ६ हजार ४६४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ११ लाख ४२ हजार १६१ पुगेको छ ।सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा ८६ लाख ६१ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

दोस्रो धेरै संक्रमण भएको मुलुक भारतमा संक्रमित संख्या ७७ लाख ५९ हजार नाघेको छ । यस्तै ब्राजिलमा संक्रमित संख्या ५३ लाख ३२ पुगेको छ । ब्राजिल विश्वमा तेस्रो धेरै संक्रमण भएको मुलुक हो ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ४५ हजार ५०८ जनाको मृत्यु भएको छ । ७७ लाख ५५ हजार ४८८ जना संक्रमित भएकोमा ३३ लाख ४५ हजार ८२० जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मितिः २०७७ कार्तिक ०७ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *