बिग बोसमा रियालाई लिने आयोजकको इच्छा

भक्तपुर न्यूज

६ कार्तिक २०७७ १३:२७

बिग बोसमा रियालाई लिने आयोजकको इच्छा

काठमाडौं । भारतीय अभिनेता सलमान खानको लोकप्रिय कन्ट्रोभर्सियल रियालिटी शो ‘बिग बोस’ को १४ औं सिजन शुरु भएको छ । यसपटक शो ले पहिलोजस्तो चर्चा कमाएको छैन ।

दर्शकले चाहन्छन् कि, यो शोमा सुशान्त सिंह राजपूत केशपछि ड्रग्स मुद्दामा मुछिएकी कलाकार रिया चक्रवर्तीको उपस्थिति होस् ।

खबरका अनुसार शोले कम टिआरपी पाइरहेका कारण शोमा रियालाई लिने आयोजकको इच्छा छ । यसबारेमा रियाले भने अहिलेसम्म केही बोलेकी छैनिन् । शोले सोचेजस्तो चर्चा नकमाएपछि रियालाई भित्र्याउन चाहेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

अर्कातिर रियाको आर्थिक अवस्था पनि त्यति राम्रो नभएको चर्चा पनि चलेको छ । यसकारण पनि उनी शो मा आउन सक्ने आँकलन गरिएको छ ।

सुशान्त सिंह राजपूतको आत्महत्याअघि रिया विदेशमा छुट्टी मनाउन जाने गर्थिन् । उनले शपिङमा पनि खर्च गर्ने गर्थिन् ।

तर, रिया ड्रग्स केशमा फसेपछि उनको उनको हात खाली भएको छ । अर्कातिर रिया पनि आफ्नो इमेज सुधार्ने प्रयासमा रहेकाले शो मा आउन सक्ने सम्भावना थपिएको छ । एजेन्सी

प्रकाशित मितिः २०७७ कार्तिक ०६ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *