आईपीएलमा सट्टाबाजी गरेको आरोपमा तीन पक्राउ

भक्तपुर न्यूज

६ कार्तिक २०७७ १३:०३

आईपीएलमा सट्टाबाजी गरेको आरोपमा तीन पक्राउ

काठमाडौं । दुवईमा जारी इन्डियन प्रिमियर लिग आईपीएलमा सट्टाबाजी गरेको आरोपमा प्रहरीले बाराको कलैयाबाट तीन जना पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका–१ राजदेवी टोल बस्ने २५ वर्षीय राजुकुमार यादव, २७ वर्षीय दीपककुमार सरार्फ र मोतिबाग टोल बस्ने २९ वर्षीय रवि दास रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

कलैया बजारमा सट्टावाजी भईरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले खोज तलास गर्ने क्रममा बुधबार राजदेवी टोलस्थित राजुको घरबाट उनीहरुलाई नियन्त्रणमा बारा प्रहरीका प्रवक्तारसूचना अधिकारी प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए । उनका अनुसार किँग्स इलेभन पंजाब र दिल्ली क्यापिटल्सबीच भइरहेको खेलमा उनीहरुले साट्टेबाजी गरेका थिए ।

उनीहरुबाट सट्टेबाजीका लागि प्रयोग गरेको बिभिन्न बैंकको चेक, नगद १ लाख ७७ हजार ५० रुपैयाँ र मोबाइल २ थानसमेत फेला परेको प्रहरी नायब उपरीक्षक मिश्रले बताए ।

उनीहरु विरुद्ध सट्टाबाजी मुद्दा अन्तर्गत बारा जिल्ला अदालतबाट म्याद अनुमति लिई हिरासतमा राखी थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

प्रकाशित मितिः २०७७ कार्तिक ०६ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *