नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ सय नाघ्यो

भक्तपुर न्यूज

६ कार्तिक २०७७ १०:५९

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ सय नाघ्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमित मृतकको संख्या ८ सय नाघेको छ। गत २४ घण्टामा २१ जना संक्रमितको मृत्यु भएसँगै कोरोना संक्रमित मृतकको संख्या ८ सय १२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बुधबार २६ जना कोरोना संक्रमितको मृत्यु भएको थियो।

गत २४ घण्टामा ३ हजार ६ सय ३७ जना जना भेटिएसँगै संक्रमितको संख्या १ लाख ४८ हजार ५ सय ९ पुगेको छ। कुल संक्रमितमध्ये ४४ हजार ८ सय ७७ जना सक्रिय संक्रमित छन्।

कोरोनाको आशंकामा गत २४ घण्टामा १५ हजार २ सय ५५ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै पिसिआर परीक्षण हुनेको संख्या १३ लाख ५० हजार १ सय ५२ पुगेको छ। हाल ।क्वारेन्टाइनमा ३ हजार ७ सय ५१ रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मितिः २०७७ कार्तिक ०६ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *