बाघको आक्रमणबाट युवतीको मृत्यु

भक्तपुर न्यूज

६ कार्तिक २०७७ ८:३१

बाघको आक्रमणबाट युवतीको मृत्यु

बर्दिया। मधुवन नगरपालिका-३ भगरैया गाउँ बस्ने २६ वर्षीया गंगा खत्रीको बाघको आक्रमणबाट बुधबार मृत्यु भएको छ।

सोही ठाउँस्थित नेपाल-भारत सीमा नजिक घाँस काटिरहेको अवस्थामा अचानक बाघले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो।

यस सम्बन्धमा ईलाका प्रहरी कार्यालय ढोढरी र प्रहरी चौकी कोठियाबाट गएको प्रहरी टोलीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित मितिः २०७७ कार्तिक ०६ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *