ग्लोबल आईएमई बैंकको नयाँ शाखा सञ्‍चालनमा

भक्तपुर न्यूज

६ कार्तिक २०७७ ८:२७

ग्लोबल आईएमई बैंकको नयाँ शाखा सञ्‍चालनमा

काठमाडौं । ग्लोबल आईएमई बैंकले काठमाडौंको शान्तिनगर र टोखामा नयाँ शाखा सञ्चानमा ल्याएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज वज्राचार्यले नयाँ शाखाहरुको भर्चुअल माध्यमबाट उद्घाटन गरे ।

यसका साथै बैंकले भक्तपुरको गाम्छा र चितवनको सप्तगण्डकी कलेज परिसरमा नयाँ एक्सटेन्सन काउन्टर पनि सञ्‍चालनमा ल्याएको छ । नयाँ शाखा तथा एक्सटेन्सन काउन्टरहरु सञ्‍चालन आएसँगै बैंकको शाखाहरुको संख्या २६१ र एक्सटेन्सन काउन्टरको संख्या ४५ पुगेको बैंकले जनाएको छ ।

बैंकले ७१ वटा जिल्लामा फैलिएको २६१ शाखा सन्जालसहित २३७ एटीएम, ४५ एक्सटेन्सन काउन्टर तथा राजस्व संकलन काउन्टर, २२९ शाखा रहित बैंकिङ सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधिरसम्पर्क कार्यालयमार्फत आफ्ना २० लाखभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

प्रकाशित मितिः २०७७ कार्तिक ०६ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *