भारतको जोगबनी बजार नजिक नेपाली युवा मृत भेटिए

भक्तपुर न्यूज

६ कार्तिक २०७७ ७:५०

भारतको जोगबनी बजार नजिक नेपाली युवा मृत भेटिए

विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर १६ सँग जोडिएको भारतको जोगबनी बजार नजिक नेपाली युवकको शव भेटिएको छ । ईलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाका अनुसार बिहीबार बिहान भेटिएको शवको पहिचान भने हुन सकेको छैन ।

करिब २६ वर्षीय मृतकको नाक र मुखबाट रगत बगेको र शरीरको केही भागमा निलडाम देखिएको उनको भनाई छ । घटना भएको स्थल वडा नम्बर १६ को दक्षिण गेट नजिक भएको बताउँदै प्रहरी निरीक्षक थापाले युवकको हत्या भएको हुनसक्ने आशंका गरेका छन् ।

सीमा क्षेत्रका बासिन्दाले मृतक युवा सुनसरी इटहरीका भएको भनेर प्रहरीलाई जानकारी दिए पनि उनीहरुले पहिचान नखुलेको बताएका छन् । मृतक लागुऔषधका दुर्व्यसनी हुन सक्ने प्रहरीको आशंका रहेको छ ।

मृतक युवाको पहिचान नखुले पनि अभिभावक र आफन्तको खोजी थालिएको प्रहरी निरीक्षक थापाले बताए । दुवै हातमा ट्याटु रहेका मृतकले सेतो जुत्ता, निलो रंगको जिन्स पेन्ट र गाडा निलो रंगको सर्ट लगाएको जानकारी उनले दिए ।

भारतीय भूमिमा शव भेटिएका कारण घटनाको अनुसन्धान गर्दै कानूनी प्रक्रिया भारतीय प्रहरीले अघि बढाउने भएको छ । भारतीय प्रहरीले घटनास्थलबाट उठाएर शव पोस्टमार्टमका लागि लगेको छ ।

प्रकाशित मितिः २०७७ कार्तिक ०६ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *