चितवनमा नक्कली नोटसहित एक जना पक्राउ

भक्तपुर न्यूज

६ कार्तिक २०७७ ६:२५

चितवनमा नक्कली नोटसहित एक जना पक्राउ

चितवन । चितवन प्रहरीले नक्कली नोट बनाएको आरोपमा मकवानपुर जिल्ला राक्सिराङ गाउँपालिका–८ का २६ वर्षीय जितबहादुर लोप्चनलाई पक्राउ गरेको छ । प्रहरीले उनलाई चितवनको पूर्वी क्षेत्र भण्डारा बजारबाट मंगलबार पक्राउ गरेको हो । चितवन जिल्ला प्रहरी कार्यालयले बिहीबार बिहान भरतपुरमा पत्रकार सम्मेलन गरेर बरामद भएको ३२१ थान १००० को नक्कली नोटसहित आरोपित लोप्चनलाई सार्वजनिक गरेको छ ।

राप्ती नगरपालिका–५ भण्डारा बजारको एक पसलमा सामान किनेपछि एक जना युवकले नक्कली नोट दिएर फरार भएको भन्ने सूचनाका आधारमा प्रहरीले लोप्चनलाई समाएको हो । नक्कली नोट दिएको पसलभन्दा केही पर प्रहरीले लोप्चनलाई समाउँदा उनको साथमा हजार रुपैयाँ दरका १२ थान नोटहरु थिए । जुन नक्कली थियो । इलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी निरीक्षक राजीव गिरीले उनलाई समाएका थिए ।

उनले खाजा खाने गरेको एक होटलबाट पनि हजार रुपैयाँका सात थान नक्कली नोट भेटिएको थियो । चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रहेका डीएसपी सूर्य थापाका अनुसार राक्सिराङको घरबाट थप ३०२ थान नोटहरु फेला परेको हो । ती नोटहरुको थप परीक्षण हुने र अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाएको डीएसपी थापाले जानकारी दिए ।

प्रकाशित मितिः २०७७ कार्तिक ०६ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *