टेम्पु दुर्घटना हुँदा एक जनाको मृत्यु , तीनको अवस्था गम्भीर

भक्तपुर न्यूज

६ कार्तिक २०७७ ६:०९

टेम्पु दुर्घटना हुँदा एक जनाको मृत्यु , तीनको अवस्था गम्भीर

काठमाडौं । काठमाडौँको साँखुमा टेम्पु दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। साँखु–कात्तिके सडकखण्डको लम्बुडाँडा मोडबाट टेम्पु २०–२५ मिटर तल खसेको प्रहरी निरीक्षक जानुका खरेलले बताईन्।

दुर्घटनामा करिब ४५ वर्षीय प्रह्लाद बस्ताकोटीको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा चार जना घाइते भएका छन्। घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको छ ।

प्रकाशित मितिः २०७७ कार्तिक ०६ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *