गोल नगरी विजयी भयो लिभरपुल
काठमाडौँ । च्याम्पियन्स लिग फुटबल अन्तर्गत यो सिजनको सुरुवात लिभरपुलले जितबाट गरेको छ । तर सिजनको पहिलो जितका लागि उसले आफै भने गोल गरेन ।
समूह डी मा रहेको लिभरपुलले अवे मैदानमा भएको खेलमा डच क्लब अजाक्सलाई १–० ले पराजित गरेको हो । लिभरपुलको जितमा अजाक्सका निकोलास ताग्लिएफिकोले गोल गरे ।
उनले ३५ औँ मिनेटमा आत्मघाती गोल गरेका हुन् । सोही आत्मघाती गोल अजाक्सको हार र लिभरपुलको जितका लागि पर्याप्त बन्यो । चोटका कारण महत्वपूर्ण खेलाडी भर्जिल भान डीजेक बिना मैदान उत्रिएको लिभरपुलका लागि उपहार गोल महत्वपूर्ण सावित भयो ।
समूह डी अन्तर्गत नै बुधबार राति भएको खेलमा एट्लान्टाले एफसी मिड्जील्याण्डलाई ४–० ले पराजित गरेर शानदार सुरुवात गरेको छ । एजेन्सी
प्रकाशित मितिः २०७७ कार्तिक ०७ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३