आईपीएलमा बैंगलोरको सातौं जित

भक्तपुर न्यूज

६ कार्तिक २०७७ २:१३

आईपीएलमा बैंगलोरको सातौं जित

काठमाडौँ । रोयल च्यालेन्जर्स बैंगलोरले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटमा सातौं जित निकालेको छ ।

अबुधाबीको शेख जायद क्रिकेट स्टेडियममा बुधबार राति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई ८ विकेटले पराजित गर्दै बैंगलोरले सातौं जित निकालेको हो । कोलकत्ताले दिएको ८५ रनको लक्ष्य बैंगलोरले १३ ओभर २ बलमा मात्र २ विकेट गुमाएर भेट्टायो ।

बैंगलोरको जितमा देबदुत पड्डीकलले २५, आरोन फिन्चले १६, गुर्किरात सिंहले अविजित २१ र कप्तान विराट कोहलीले अविजित १८ रन बनाए । कोलकत्ताका लक्की फर्गुसनले १ विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ८ विकेट गुमाएर ८४ रन बनाएको थियो ।

कलकत्ताका लागि कप्तान इयान मोर्गनले ३०, लक्की फर्गुसनले अविजित १९, कुलदिप यादबले १२ र टम बानटनले १० रन बनाए । बैंगलोरका मोहमद सिराजले ३, युजभेन्द्र चाहलले २ तथा नाभदिप शैनी र वासिङ्गटन सुन्दरले १र१ विकेट लिए ।

जितसँगै बैंगलोर तालिकाको दोस्रो स्थानमा समेत उक्लिएको छ । बैंगलोरले १० खेलमा ७ जितसहित १४ अंक जोडेको छ । १० खेलमा १० अंक जोडेको कोलकत्ता लिगको चौंथो स्थानमा यथावत रहेको छ ।

यससँगै बैंगलोरले कोलकत्तामाथि लगातार दोस्रो खेलमा जित निकालेको छ । सिजनको पहिलो भेटमा बैंगलोरले कोलकत्तालाई ८२ रनले हराएको थियो । एजेन्सी

प्रकाशित मितिः २०७७ कार्तिक ०७ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *