बार्यन म्युनिखको शानदार जितसहित सुरुवात

भक्तपुर न्यूज

६ कार्तिक २०७७ २:०५

बार्यन म्युनिखको शानदार जितसहित सुरुवात

काठमाडौँ । जर्मन क्लब बार्यन म्युनिखले च्याम्पियन्स लिग फुटबलको नयाँ सिजनमा शानदार जितसहित प्रभावशाली सुरुवात गरेको छ । उसले स्पेनिस क्लब एथ्लेटिको मड्रिडलाई ४–० ले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा पहिलो हाफमा दुई गोल गरेको बार्यनले दोस्रो हाफमा थप दुई गोल गरेको हो । उसका लागि किंग्स्ली कोम्यानले २८ र ७२ औँ मिनेटमा गरी दुई गोल गरे ।

४१ औँ मिनेटमा लियोन गोरेट्ज्का तथा ६६ औँ मिनेटमा कोरेन्टिन टोलिसोले गोल गरेका हुन् । जर्मन जाइन्ट बार्यनले च्याम्पियन्स लिगमा लगातार १२ खेलमा जित दर्ता गरेको छ ।

समूह ए अन्तर्गत नै बुधबार राति भएको खेलमा आरबी साल्ज्बर्ग र लोकोमोटिम मस्कोले २–२ को बराबरी खेलेर अंक बाँडेका छन्।

प्रकाशित मितिः २०७७ कार्तिक ०७ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *