नेपालमा पछिल्लो २४ घण्टामा २९९६ ले कोरोनालाई जिते

भक्तपुर न्यूज

५ कार्तिक २०७७ १०:५५

नेपालमा पछिल्लो २४ घण्टामा २९९६  ले कोरोनालाई जिते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २९९६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ९९ हजार ६०५ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

यसअघि मंगलबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ९६ हजार ६०९ रहेको थियो ।

प्रकाशित मितिः २०७७ कार्तिक ०५ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *