आज कोलकत्ता र बैंगलोर खेल्दै भिड्दै

भक्तपुर न्यूज

५ कार्तिक २०७७ १०:०९

आज कोलकत्ता र बैंगलोर खेल्दै भिड्दै

काठमाडौं । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटमा आज एक खेल हुँदैछ । आज कोलकत्ता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुँदैछ ।

शेख जायद क्रिकेट स्टेडियममा कोलकत्ता र बैंगलोरबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ । इयान मोर्गनको कप्तानीमा मैदान उत्रने कोलकत्ता छैटौं जितको खोजीमा हुनेछ । अघिल्ला ९ खेलमा ५ जितसहित १० अंक जोडेको कोलकत्ता चौंथो स्थानमा रहेको छ ।

विराट कोहलीको कप्तानीमा मैदान उत्रने बैंगलोर सातौं जितको खोजीमा हुनेछ । बैंगलोर ९ खेलमा १२ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
यसै सिजनको पहिलो भेटमा बैंगलोरले कोलकत्तालाई ८२ रनले हराएको थियो ।

प्रकाशित मितिः २०७७ कार्तिक ०५ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *